हिमालयन रिका तत्कालिन अध्यक्ष शेखर सिईओ उपासना सहित संचालकलाई साढे २ अर्ब बिगो दाबी , कसको बिगो कति ?

२९ जेष्ठ २०८३, शुक्रबार १३:५७

काठमाडौं । सम्पत्ति शुद्धिकरण अनसन्धान विभागले हिमालयन रि इन्स्योरेन्सका तत्कालिन अध्यक्ष शेखर गोल्छा सिईओ उपासना पौडेल सहित संचालक र लगानी समिति दुई अर्ब त्रिहत्तर करोड रुपैयाँ बिगो दाबी माग गर्दै बिहिबार बिशेष अदालतमा मुद्धा दायर गरेको छ ।

हिमालयन रि इन्स्योरेन्सका तत्कालिन अध्यक्ष शेखर गोल्छा, सिईओ उपासना पौडेल सहित संचालक र लगानी समिति सदस्य गरी १० जना विरुद्ध दुई अर्ब त्रिहत्तर करोड तेत्तिस लाख पन्ध्र हजार एक सय साठ्ठी रुपैंया आर्थिक दुरूपयोग गरेको रकम बिगो दाबी माग गर्दै बिशेष वकिलले बिहिबार बिशेष अदालतमा मुद्धा दायर हो ।

सो आधारमा हेर्न हो भने एक जनाको भागमा २७ करोड ३३ लाख रुपैयाँ बिगो दाबी पर्न आँउछ ।

शेखर गोल्छा समेतका प्रतिवादीहरु संगठित संस्था हिमालयन रिईन्स्योरेन्स लि. मा देहाय बमोजिमको भुमिका तथा हैसियतमा रही बीमा ऐन, २०७९ को दफा ५३ मा उल्लेख भए बमोजिम बीमा ऐन र यस ऐन अन्तर्गत बनेको नियम वा विनियम, जारी भएका निर्देशन, आदेश, प्रवन्धपत्र, नियमावली र अन्य प्रचलित कानूनको विपरीत काम गरी बीमकको समग्र जोखिम व्यवस्थापन गरी बीमित तथा सर्वसाधारण शेयरधनीको हितमा बीमा व्यवसाय संचालन नगर्ने, संस्थागत सुशासन कायम नगर्ने, बीमकले अवलम्बन गरेको नीतिको नियमित रुपमा अनुगमन तथा विश्लेषण गरी व्यवस्थापनलाई आवश्यक निर्देशन दिने लगायतका कार्य नगरी तथा सञ्चालक समितिले ऐन, नियमावली, प्रचलित कानून, प्राधिकरणबाट समय समयमा जारी गरिएका निर्देशन, सञ्चालक समितिबाट बनाइएका नीति, नियम, निर्णय, निर्देशन, दिग्दर्शन ( म्यानुअल), परिपत्र वा कार्यविधि पालना भए नभएको सम्बन्धमा आवश्यक कार्यविधि बनाई अनुगमन तथा सुपरिवेक्षण गरी त्यसको अद्यावधिक अभिलेख नराखी विमकको लगानी निर्देशन, २०८२ को अनुसूची ३ अनुसार पुनर्बीमा गर्ने बीमकको लगानीका क्षेत्र सीमा र शर्त अनुसार नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त धितोपत्र विनिमय बजारमा सुचीकृत पव्लिक कम्पनी वा अन्य सुचीकृत संस्थाको संस्थापक वा साधारण शेयरमा कुल लगानीको १५ प्रतिशत र शेयर लगानी गर्ने कम्पनीको चुक्ता पुँजीको १५ प्रतिशत भन्दा बढी हुने गरी लगानी गर्न नपाउने व्यवस्था भएकोमा सो सीमा नाघिसकेको अवस्था हुँदाहुँदै सो तथ्य एवं कानुनको बन्देजलाई अनदेखा गरी प्रतिवादीहरु दिपक भट्ट र सुलभ अग्रवालका नाममा शेयर खरिद गर्ने योजना सहित अनिवार्य प्रावधानहरूको पालना नगरी, पहिले नै लगानी सीमा नाघिसकेको अवस्थामा तथा एक किसिमको बीमा व्यवसाय गर्ने बीमकले अर्को किसिमको बीमा व्यवसाय गर्ने बीमकको धितोपत्र खरिद गर्नको लागि बीमा प्राधिकरणसँग पूर्व स्वीकृति लिनुपर्ने व्यवस्थाको विपरीत हिमालयन रिईन्स्योरेन्स लि. ले गार्डियन माईक्रो लाईफ ईन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो लाईफ ईन्स्योरेन्स कम्पनी, एन. एल. जी. ईन्स्योरेन्स कम्पनी लिमिटेड, क्रेष्ट माईक्रो लाईफ ईन्स्योरेन्स कम्पनी लि. र एसियन लाईफ ईन्स्योरेन्स लगायतका बीमा व्यवसाय गर्ने बीमकको शेयरमा लगानी गर्ने, भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रा. लि. लाई शेयर खरिदका लागि भनि ब्मखबलअभ स्वरुप पटक पटक रकम पठाउने, शेयर विक्रिको रकम समेत प्राप्त नगरी जम्मा रु.२,७३,३३,१५,१६०।०३ (दुई अर्ब त्रिहत्तर करोड तेत्तिस लाख पन्ध्र हजार एक सय साठ्ठी रुपैया तिन पैसा) बीमा प्राधिकरणबाट जारी लगानी सम्बन्धी निर्देशन विपरीत हुने गरि विमकको रकम लगानी गर्ने, भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रा. लि. बाट लामो समयसम्म प्राप्त गर्नुपर्ने रकम प्राप्त नहुँदा समेत आवश्यक अनुगमन नगर्ने, रकम प्राप्त गर्न लिखित ताकेता तथा असुल उपर गर्न कानु कारबाही नगरी हिमालयन रिइन्स्योरेन्स लि. लाई हानी नोक्सानी पुराई बीमकको हितमा काम नगरी बीमा व्यवसाय सञ्चालनको क्रममा अनियमितता तथा आर्थिक दुरूपयोग गर्ने लगायतका कार्य गर्ने, लेना रकम राफसाफ नहुँदा नहुँदै थप पेश्की प्रदान गरी बीमा व्यवसाय सञ्चालनको क्रममा अनियमितता तथा आर्थिक दुरूपयोग गर्ने लगायतका कार्य गरी प्रतिवादीहरु शेखर गोल्छा, अमित मोर, शाहिल अग्रवाल, रोहित गुप्ता, राजिव मोर, सुभेच्छा खरेल, सुभास कुमार झुनझुनवाला, उपासना पौडेल, मनिष कुमार, दिपक कुमार श्रेष्ठले बीमा ऐन, २०७९ को दफा १४० को उपदफा (१) को खण्ड (छ) मा परिभाषित कसुर गरेको स–प्रमाण पुष्टि भएको हुँदा निज प्रतिवादीहरु शेखर गोल्छा, अमित मोर, शाहिल अग्रवाल, सुभेच्छा खरेल, सुभास कुमार झुनझुनवाला, उपासना पौडेल, मनिष कुमार, दिपक हकमा तपशिल बमोजिम रु.२,७३,३३,१५,१६००३ (दुई अर्ब त्रिहत्तर करोड तेत्तिस लाख पन्ध्र हजार एक सय साठ्ठी रुपैंया तिन पैसा) बिगो दाबी गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*