फरार अभियुक्त चिरायु भण्डारी कार्यालयमा फर्कने दुष्प्रयास

काठमाडौं । फरार अभियुक्त रहेका चिरायु भण्डारी कार्यालयमा फर्कने दुष्प्रयास गरेका छन् ।
धितोपत्र कसुरमा सरकारी वकिले मुलुकी फौजदारी कार्यविधि सहि, २०७४ को दफा ३२ गते जिल्ला अदालतमा दायरा गरेको अभियोग पत्रमा फरार अभियुक्त रहेका चिरायु भण्डारी कार्यालयमा फर्कने दुष्प्रयास गरेको पाइएको छ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका सीईओ चिरायु भण्डारी नेपालको इतिहासमै सबैभन्दा ठूलो बीमा अपराध प्रकरणमा मुछिएका छन्।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले धितोपत्र, बीमा र बैंकिङ कसुरसहित संगठित रूपमा स्रोत नखुलेको सम्पत्ति आर्जन तथा चलखेल गरेको अभियोगमा उनीविरुद्ध रु. ४० करोड ४९ लाख बिगो दाबी गरेको छ।
धितोपत्र कसुरले आफूलाई नछुने भन्दै उनी कार्यालयमा फर्कने प्रयास गरिरहेको पाइएको छ। साथै कम्पनीका फरार अभियुक्त रहेका उच्च पदाधिकारीहरु पनि नियमित कार्यालयमा उपस्थित भएको पाइएको छ।












