आइएमई लाइफको चितवन क्षेत्रबाट पहिलो एमडीआरटी बनिन् प्रान्जना श्रेष्ठ

४ असार २०८३, बिहीबार १३:१६

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्ससँग आबद्ध प्रान्जना श्रेष्ठले सन् २०२७ का लागि एमडीआरटी (मिलियन डलर राउन्ड टेबल) हासिल गर्दै चितवन क्षेत्रबाट पहिलो प्रतिनिधिका रूपमा सफलता प्राप्त गरेकी छन्।

विगत १५ वर्षदेखि शैक्षिक क्षेत्रमा सक्रिय श्रेष्ठ बकेना बालबालिका स्कुलकी प्रधानाध्यापकसमेत हुन्। शैक्षिक विकासमा निरन्तर योगदान दिँदै आएकी उनी जीवन बीमा क्षेत्रमा प्रवेश गरेको एक महिनाभित्रै चितवन क्षेत्रअन्तर्गत गैंडाकोट शाखाबाट एमडीआरटीका लागि योग्य बन्न सफल भएकी हुन्।

सामाजिक सेवामा रुचि राख्ने श्रेष्ठले जीवन बीमामार्फत आर्थिक सुरक्षाको पहुँच विस्तार गर्दै राष्ट्र निर्माणमा योगदान पुर्‍याउने लक्ष्यका साथ काम गरिरहेकी छन्। उनले अब शिक्षा क्षेत्रसँगै आर्थिक विकासमा पनि जीवन बीमाको माध्यमबाट थप योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

श्रेष्ठले आइएमई लाइफ इन्स्योरेन्समार्फत जीवन बीमा क्षेत्रलाई अझ प्रभावकारी र विश्वासिलो बनाउने प्रतिबद्धता पनि जनाएकी छन्। आगामी आर्थिक वर्षमा अझ उत्कृष्ट नतिजा हासिल गर्ने लक्ष्यका साथ आफू अघि बढ्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेकी छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*