नेपाल रि–इन्स्योरेन्सलाई स्वार्थ समूहको हातमा दिएर कम्पनी डुबाउने खेलमा कसरी लागेका थिए सुरेन्द्र ?

काठमाडौं । स्वार्थ समूहलाई हातमा दिएर तत्कालिन नेपाल रिइन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र थापा सरकारी स्वामित्वमा रहेको कम्पनी डुबाउने खेलमा लागेका थिए ।
उनले निश्चित स्वार्थ समूहसँग मिलेर सरकारी कम्पनी डुबाउने खेल संचालक देखि कर्मचारीसम्मले नथाहा पाएको भने हैन । जानकारी भएपनि राज्य शक्तिको आडमा उनी निरन्त र कम्पनी डुबाउने खेलमा लागिरहेका थिए । यता कर्मचारीले उनको गलत निर्णयको फाइलमा गर्न अस्वीकार गर्दथ्यो भने उता संचालकले बरु राजिनामा दिन्थे । तर उनको प्रस्ताव पारित गदैन्थ्यो ।
सुरेन्द्र थापा गत सातादेखि निलम्वनमा परिसकेका छन् । नेपाल पुनर्बीमा कम्पनीमा मासिक लाखौं रुपैयाँ तलव खाएर आफ्नै कम्पनी डुबाउन भूमिका खेल्दै आएका सुुरेन्द्र थापा गत साता नै निलम्वनमा परेका हुन् ।
थापाका विरुद्धमा नेपाल प्रहरीको सिआईबीले सम्पत्ति शुद्धिकरण कसुरमा बिशेष अदालतमा मुद्दा दायर गरेसँगै थापा निलम्वित भएका हुन् । सिईओ थापाका विरुद्धमा सरकारी वकिलको कार्यालयले बयानको क्रममा भ्रष्टाचार र सेटिङका घटनाहरु थाहा छैन भन्दै पन्छिर आफ्नो जिम्मेवारी र दायित्वभित्रको काममा समेत जवाफ नदिएको र अपराधका घटना लुकाउन खोजेको भन्दै अभियोजन गरेको पाइएको छ ।
हिमालयन रिइन्स्सोरेन्समा ठूला सेयरधनीहरु सुलभ र शाहिल अग्रवालसँग मिलेर नेपाल रि डुबाउन खोजेको पाइएको हो ।
नेपाल रिले हिमालयन सेक्युरिटिज बैंकर सँग सम्झौता गरी पाँच करोड रुपैयाँ फण्ड व्यवस्थापन दिएको बिषयमा स्वीकार गरेको बयान दिईसकेका छन् ।
तर नेपाल रिको सेयर कारोवारमा प्रयोग हुने टीएमएस तथा पासवर्ड शुलभ अग्रवाल डाइरेक्टर रहेको सौर्य सिमेन्ट र उनका भाई शाहिल अग्रवाल रहेको जगदम्बा स्टिल्सको नाममा दर्ता रहेको वर्डलिक कम्युनिकेशनको २०२.१६६.२०६.२४२ र सुविशु केवल लिमिटेडको आईपी ठेगाना १०३.२३५.१९८.५७ बाट सञ्चालन गरी सार्वजनिक कोषको रकमलाई दुरुप्रयोग गर्ने काममा लागेको सरकारी वकिलको फाइलमा उक्त गतिविधि पाइएको छ।
अनधिकृत व्यक्तिले गलत लाभ लिने मनसायले ऋषि राज मोरको नामको टीएमएसबाट नेपाल रिलाई उनीहरुले सेयर बजारको मूल्य प्रभावित गरी उच्च मूल्यमा गार्डियन माइक्रो लाइफ इन्योरेन्सको १८ हजार ८०० कित्ता सेयर प्रतिकित्ता २६२१ रुपैयाँ ७४ पैसा मा शुलभ अग्रवाल समेतले योजनाबद्ध ढंगले विक्री गराई संस्थालाई हानि नोक्सानी र शुलभ अग्रवाल समेतका व्यक्तिहरुलाई लाभ पु–याउने कार्य गरेको पाइएको छ ।
ब्रोकर कम्पनीलाई पासवर्ड दिएर अनधिकृत व्यक्तिलाई संचालन गर्न दिएको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ । बयानको क्रममा भने आफूलाई यी बिषयमा जानकारी नभएको भन्दै पन्छिन खोजेको छ।
सुरेन्द्र थापा तथा दिपक भट्ट र अग्रवालको गलत मनसाय नेपाल रिइन्योरेन्सको सेयर आफू अनुकूल केन्द्रीकरण गरी सो कम्पनी नै आफ्नो नियन्त्रणमा ल्याउनु रहेको अनुसन्धानले देखाएको छ ।
अर्थ मन्त्रालयका नाममा ४४.०४ प्रतिशत सेयर कायम भई पब्लिक लिमिटेड कम्पनीको रुपमा संस्थापित नेपाल रिइन्योरेन्सका सञ्चालनको समग्र पक्षमा थापाले आर्थिक अनियमितता एवं हिनामिना सम्बन्धमा अनविज्ञता देखाएका छन् । थापालाई नेपाल रिमा सीईओ भने भट्टले नै तत्कालिन समयमा सरकारलाई दबाब दिएर बनाएका थिए ।











