बैंकका सिइओ र सञ्चालकहरू सरकारको निगरानीमा, पर्नसक्छन् पक्राउ र हुनसक्छ जेल सजाय

४ असार २०८३, बिहीबार १८:०६

काठमाडौं । अब सरकारको निगरानीमा बैंक तथा वित्तिय संस्थाका सिइओ र सञ्चालकहरू पनि पर्ने भएका छन् । नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तिय संस्थाका सिइओ र सञ्चालकहरू निर्देशिका बमोजिम नभएको पाइएमा पक्राउ र जेल सजायसम्म व्यवस्था गरिएको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाको लागि जारी गरिएको एकीकृत निर्देशन, २०८२ संसोधन, परिमार्जन र थप गर्दै यस्तो व्यवस्था लागू गरेको हो । यसअघि बैंक तथा वित्तिय संस्थामाथि निगरानी राख्ने कुनै व्यवस्था नभएपनि हाल कडाई गरिएको छ।

साथै , इजाजतपत्रप्राप्त संस्थाले संचालक, प्रमुख कार्यकारी अधिकृत एवं उच्च व्यवस्थापकीय तहमा नियुक्ति वा मनोनयन गर्दा देहायबमोजिमको विवरण लिनुपर्नेछ ।

यस प्रकारको विवरण यस बैंकसमक्ष समेत पेश गर्नुपर्नेछ ।

राष्ट्र बैंकको निर्देशिका अनुसार सम्बन्धित व्यवसाय सम्बन्धी प्रचलित कानून बमोजिमको मापदण्ड पालना गरेको स्वघोषणा गरेको र सम्बन्धित व्यक्तिको पारिवारिक विवरण बुझाउनुपर्ने छ । नेपाल वा विदेशमा कुनै कसूरमा संलग्न भए वा नभएको स्वघोषणा । यदि संलग्न भएको भए सोको विस्तृत विवरण र वर्तमान अवस्था, कुनै प्रकारको मुद्दा मामिला, अनुसन्धान, वैकल्पिक विवाद समाधानको प्रक्रिया वा न्यायिक वा प्रशासनिक कारबाहीको प्रक्रियामा रहे वा नरहेको हुनुपर्ने भएको छ।

यदि भएको भए सोको विवरण समेत बैंक तथा वित्तिय संस्थामा प्रवेश गर्दा पेश गनुपर्ने भएको छ । अदालत वा अधिकारप्राप्त अधिकारीको फैसला वा आदेशबमोजिम तिर्नु, बुझाउनु पर्ने राजस्व, सरकारी बाँकी बक्यौता रहे वा नरहेको स्वघोषणा र स्वदेश वा विदेशमा कर्जा सम्बन्धी कालोसूची वा त्यस्तै प्रकारको सूचीमा परे वा नपरेको र स्वार्थको द्वन्द्व हुन सक्ने अवस्था विद्यमान रहे वा नरहेको विवरण, (८) नेपाली नागरिक भए निजको नेपाल बाहिर कुनै सम्पत्ति रहे वा नरहेको व्यक्ति हुनुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ।

साथै कुनै सम्पत्तिमा वास्तविक धनी वा हिताधिकारी भए वा नभएको र विगतमा संलग्न भएको कार्य, संस्था, प्राप्त भएको जिम्मेवारी, पुरस्कार,सजायको अवस्था, कार्य सफलताको उदाहरण लगायतका विषय खुल्ने सम्बन्धित क्षेत्रको कार्य अनुभव सम्बन्धी विवरण समेत पेश गनुपर्ने व्यवस्था परिमार्जित निर्देशिकामा रहेको छ।

यसका साथै वित्तीय आचरण (फाइनान्सियल साउन्डनेस) सम्बन्धी विवरण पेश अनिवार्य गनुपर्ने भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*