निर्मला पन्त घटनामा सुक्ष्म अनुसन्धान गरिरहेका छौंः गृहमन्त्री
४ असार २०८३, बिहीबार १८:०९

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले प्रतिनिधि सभाको बैठकमा सांसदहरूको प्रश्नको स्पष्टीकरण दिने क्रममा निर्मला पन्त घटनाको सुक्ष्म अनुसन्धान भइरहेको बताएका छन्।
उनले कतिपय कुराहरू भनेर गर्नुको सट्टा गुपचुप भएर गर्नुपर्ने भएकाले यसमा धेरै कुरा खुलेर बोल्न नमिल्ने बताए।
“निर्मला पन्तको केसमा मन्त्रालय एकदमै गम्भीर छ। हाम्रो छोरीचेलीलाई निर्मम रूपले हत्या गरेर घटनालाई राजनीतिकरण गरियो त्यसलाई अन्त्य गर्न सम्बन्धित व्यक्तिहरू पहिचान गरी कारवाही गर्न सुक्ष्म अनुसन्धान गरिरहेका छौं।” उनले भने।












