युनिक नेपाल लघुवित्तको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । युनिक नेपाल लघुवित्तको संस्थापक शेयर बिक्रि ल्याएको छ । कम्पनीले दोस्रोपटक सात दिने सूचना जारी गदै लघुवित्तको शेयर बिक्रिमा ल्याएको हो ।
लघुवित्तका शेयरधनीहरु प्रिम बहादुर थारुको आफ्नो नाममा रहेको ५०० संस्थापक शेयर कित्ता मिनराज चौधरीको नाममा रहेको ३००० संस्थापक शेयर कित्ता बिक्री गर्ने भएकाले सो शेयर बिक्रिमा ल्याएको हो ।
उक्त संस्थापक शेयर खरिद गर्न पहिलो प्राथमिकता यस वित्तीय संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुलाई दिनुपर्ने भएकाले उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुको जानकारीका लागि मिति २०८३ / ०१ २५ गतेको नेपाल समाचारपत्र राष्ट्रिय दैनिक पत्रिकामा ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएकोमा विद्यमान संस्थापक शेयरधनीहरुबाट शेयर खरीदको लागि आवेदन प्राप्त नभएकोले उक्त संस्थापक शेयर कित्ता खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरु वा विद्यमान संस्थापक शेयरधनी बाहेकका अन्य व्यक्ति वा संस्थाहरुले आवेदन दिनुपर्ने छ ।












