यूनाइटेड अजोडको लाभांश घोषणा, बोनस र नगद कति?
५ असार २०८३, शुक्रबार १०:०२

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको असार ४ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँको ४.२८५७ प्रतिशत बोनस शेयर तथा बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२२५६ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पठाउने निर्णय गरेको हो।












