सुनको मूल्यमा भारी गिरावट, शुक्रबार प्रतितोला कति ?

५ असार २०८३, शुक्रबार १०:४५

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन एकैदिन तोलामा १० हजार ५०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन सुन तोलामा दुई लाख ९७ हजार २०० रुपैयाँमा किनबेच भइरहेको थियो ।

यता, चाँदीको मूल्य समेत तोलामा ३०५ रुपैयाँले घटेर प्रतितोला चार हजार ६४० रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*