याम्बालिङ्ग र टक्सार पिखुवा खोलाको आईपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति?

५ असार २०८३, शुक्रबार १४:३९

काठमाडौं । नेपाल स्टक एक्चेन्ज (नेप्से) मा याम्बालिङ्ग हाइड्रोपावर र टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ सूचीकृत भएको छ। आज नेप्सेमा याम्बालिङ्गको ७० लाख कित्ता र टक्सार पिखुवा खोलाको १ करोड २० लाख कित्ता शेयर सूचीकृत भएका हुन्।

याम्बालिङ्ग हाइड्रोपावरले सर्वसाधारणमा निष्काशन गरेको २८ लाख कित्ता आईपीओ र संस्थापक शेयरधनीहरूले लगानी गरेको ४२ लाख कित्ता शेयर गरी जम्मा ७० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

यता टक्सार पिखुवा खोला हाइड्रोपावरले सर्वसाधारणमा निष्काशन गरेको ४२ लाख ३० हजार ६६८ कित्ता र संस्थापक शेयरधनीहरूले लगानी गरेको ७७ लाख ६९ हजार ३३२ कित्ता शेयर गरी जम्मा १ करोड २० लाख कित्ता शेयर सूचीकृत भएको छ।

यी कम्पनीहरूको शेयर आउँदो सोमबारदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछन्। पहिलो कारोबारका लागि नेप्सेले दुवै कम्पनीहरूलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। याम्बालिङ्को शेयर YHML टिकरमा कारोबारमा आउनेछ भने टक्सार पिखुवा खोलाको शेयर TPKHL टिकरमा कारोबारमा आउनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*