बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
७ असार २०८३, आईतवार १०:४३

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य वृद्धि भएको छ । गत शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८७ हजार ३०० रुपैयाँ कायम भएको छ ।
सुनसँगै आज चाँदीपनि बढेको छ। चाँदी ५० रुपैयाँले उकालो लाग्दै प्रतितोला चार हजार ६९० रुपैयाँ पुगेको छ ।











