माउन्ट एभरेष्टको आईपीओ भर्ने आज अन्तिम दिन

८ असार २०८३, सोमबार १०:०७

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले असार ३ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरिरहेको आईपीओ भर्ने आज असार ८ गते अन्तिम दिन हो। यसमा आज बैंकिङ्ग समयसम्म मात्रै आवेदन दिन सकिनेछ।

कम्पनीले आफ्नो जारी पूँजी ८६ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २५ करोड ८० लाख रुपैयाँ बराबरको २५ लाख ८० हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। जसमध्ये ८ लाख ६० हजार कित्ता आयोजना प्रभावितलाई र १ लाख ७२ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा बाँडफाँड गरिसकेको छ।

कम्पनीले बाँकी आईपीओमध्ये ३४ हजार ४०० कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि र ८६ हजार कित्ता सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरी बाँकी रहने १४ लाख २७ हजार ६०० कित्ता आईपीओ सर्वसाधारणका लागि निष्काशन गरिरहेको हो। यसमा आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिनेछ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी प्लस इस्युअर’ रेटिङ दिएको छ। यसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोमिख रहेको संकेत गर्छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबिएस क्यापिटल लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*