आज यी कम्पनीको शेयर सर्वाधिक किनबेच
८ असार २०८३, सोमबार १५:०६

काठमाडौं । सोमबार नेप्से १.४६ अंकले घटेर २७०० को विन्दुमा कायम भएको छ। आज ३५३ कम्पनीको ८१ लाख १२ हजार ७९८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४२ करोड ८६ लाख रुपैयाँमाथिको कारोबार भएको छ।
आज सबैभन्दा धेरै शेयर कारोबार सोपान फर्मास्यूटिकल्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, १०.२५% एनबिबिएल डिबेन्चर २०८५, स्वावलम्बन लघुवित्त र आँखुखोला जलविद्युत कम्पनीको भएको छ।
त्यसपछि ग्लोबल आईमई बैंक डिबेन्चर २०८४/८५, रिलायन्स स्पिनिङ्ग मिल्स, सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड, बुंगल हाइड्रो लिमिटेड र मञ्जुश्री फाइनान्स लिमिटेडको शेयर सर्वाधिक किनबेच भएको छ।












