माउन्ट एभरेष्टको आईपीओमा कति पर्यो आवेदन?

८ असार २०८३, सोमबार १८:१०

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले असार ३ गतेदेखि आज असार ८ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओमा मागभन्दा अत्यधिक मात्रामा आवेदन परेको छ।

कम्पनीले आफ्नो जारी पूँजी ८६ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २५ करोड ८० लाख रुपैयाँ बराबरको २५ लाख ८० हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। जसमध्ये ८ लाख ६० हजार कित्ता आयोजना प्रभावितलाई र १ लाख ७२ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा बाँडफाँड गरिसकेको छ।

कम्पनीले बाँकी आईपीओमध्ये ३४ हजार ४०० कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि र ८६ हजार कित्ता सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरी १४ लाख २७ हजार ६०० कित्ता आईपीओ सर्वसाधारणका लागि निष्काशन गरेको हो। कम्पनीको आईपीओमा २८ लाख ९५ हजार ७९४ जना आवेदकले ३ करोड १४ लाख ४६ हजार २८० कित्ताको माग गर्दै निवेदन दिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*