संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेको इन्स्योरेन्सको कार्यक्रम सम्पन्न

८ असार २०८३, सोमबार २२:००

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेको इन्स्योरेन्सले विभिन्न सामाजिक संघ संस्था तथा युवा क्लबहरूसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममाआगामी योजना, विभिन्न सामाजिक संस्था तथा युवा क्लबका प्रतिनिधिहरूले आफूहरूले सञ्चालन गरिरहेका सामाजिक सेवामूलक कार्यक्रमहरू, समुदायमा र्पुयाइरहेको योगदानको बिषयमा जानकारी गाराएको थियो ।

कम्पनीका सिईओ अशोक कुमार खड्काले संस्थागत सामाजिक उत्तरदायित्वलाई कम्पनीको प्रमुख प्राथमिकतामध्ये एक रहेको जानकारी दिएका थिए ।

यसले समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ प्रभावकारी तथा दिगो सामाजिक कार्यक्रमहरूमा सहकार्य गर्न कम्पनी सदैव प्रतिबद्ध रहेको जनाए ।

कार्यक्रममा सहभागी संस्थाहरूले प्रस्तुत गरेका प्रस्तावहरू तथा सामाजिक प्रभावका आधारमा कम्पनीले आगामी दिनमा सहयोग गर्न उपयुक्त परियोजनाहरू छनोट गरी संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आवश्यक सहयोग प्रदान गर्ने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*