शिखर इन्स्योरेन्सका सिईओ दीप प्रकाश पाण्डे विरुद्ध सर्वोच्चमा परेको रिट खारेज

८ असार २०८३, सोमबार २२:२३

काठमाडौं । शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी निर्देशक दीप प्रकाश पाण्डेको नियुक्ती गैर कानुनी रहेको भन्दै सर्वोच्च अदालतमा दायर रिट आज खारेज गर्ने फैसला भएको छ ।

अधिवक्ता माधव गौतमले दायर गरेको रिटमाथि आज सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासले रिट खारेज गर्ने फैसला सुनाएको हो ।

सर्वोच्च अदालतको उक्त आदेशसँगै अब शिखर इन्स्योरेन्स कम्पनीका सिइओ दीप प्रकाश पाण्डेले पुरै अवधी काम गर्न पाउने छन् ।

077-WO-0345 नम्वरको मुद्दामा आजको सुनुवाईमा शिखर इन्स्योरेन्सको तर्फबाट शम्भु थापा र लक्ष्मी बहादुर निरालाले बहस गरेका थिए भने बीमा प्राधिकरणको तर्फबाट निर्देशक शाम्बराज लामिछाने, उप निर्देशक बिरोध भट्ट र सहायक निर्देशक बुनु घिमिरेले बहस गरेका थिए ।

आज जारी फैसलामा सरकारको नाममा निर्देशनात्मक आदेश समेत जारी भएको छ । यद्यपि निर्देशनात्मक आदेश भने पूर्णपाठमा उल्लेख हुनेछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*