बैंकिङ कसुर मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

९ असार २०८३, मंगलवार १६:१५

काठमाडौं। बैंकिङ कसुर मुद्दामा फरार रहेका दुई प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं टोखा नगरपालिका–९ निवासी ५६ वर्षीय माधव श्रेष्ठ र तनहुँ भानु नगरपालिका–८ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–४ बसुन्धारामा बस्दै आएका ४३ वर्षीय रामचन्द्र अधिकारी रहेका छन्।

उच्च अदालत पाटनको २०७९ माघ २९ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा विगोबापत दुई वर्ष कैद सजाय ठहर भई फरार रहेका श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले टोखाबाट पक्राउ गरेको हो।

त्यसैगरी जिल्ला अदालत काठमाडौंको २०८२ साउन ११ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा विगोबापत एक महिना १५ दिन कैद सजाय तथा दुई लाख २५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका अधिकारीलाई प्रहरी टोलीले काठमाडौं महानगरपालिका–१६ बालाजुबाट पक्राउ गरेको जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*