एभरेष्ट कलरको शेयर डिम्याट गराउन सिडिएससीसँग सम्झौता

१० असार २०८३, बुधबार ०८:४४

काठमाडौं । एभरेष्ट कलरले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग सम्झौता भएको छ। असार ९ गते सिडिएससी, शेयर रजिष्ट्रार र निष्काशनकर्ता कम्पनीबीच धितोपत्र अभौतिकीकरण सम्बन्धी सम्झौता भएको हो।

अब यी शेयर डिम्याट भए पछि सम्बन्धित लगानीकर्ताको डिम्याट खातामा आउने छ । त्यसपछि यी शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत हुने छ। नेप्सेमा शेयर सूचीकृत भएको भोलिपल्टबाट शेयर कारोबार गर्न सकिने छ।

कम्पनीले जेठ २२ देखि जेठ २७ गतेसम्म आम सर्वसाधारणलाई ६ करोड ५५ लाख ७० हजार रुपैयाँ बराबरको ६ लाख ५५ हजार ७०० कित्ता शेयर निष्काशन गरेको थियो । नेपाल धितोपत्र बोर्डले वैशाख २ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*