११ महिनामा लघु जीवन बीमा कम्पनीहरुको व्यवसाय १ अर्ब ६ करोड, कुनको ग्रोथ कति ?

काठमाडौं । नेपालमा सञ्चालित लघु जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ११ महिनासम्मको अवधिमा एक अर्ब ६ करोड ४५ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित तीन वटा लघु जीवन बीमा कम्पनीहरुले उक्त बीमा शुल्क आर्जन गरेका हुन् ।
तर, उक्त आर्जन गरेको ब्यवसाय गत आर्थिक वर्ष २०८१।०८२ को सोहि अवधिको तुलनामा ३.०७ प्रतिशतले कम हो । गत आर्थिक वर्षको ११ महिनामा लघु जीवन बीमा कम्पनीहरुले १ अर्ब ९ करोड ८२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए ।
विवरण अनुुसार गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी ३८ करोड २१ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ । तर, उक्त बीमा शुल्क आर्जन गत आर्थिक वर्षको तुलनामा भने ७.६२ प्रतिशतले कम हो ।
साथै, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको ब्यवसाय समेत ५.४२ प्रतिशतले घटेर ३७ करोड ७८ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको ब्यवसाय ३९ करोड ९४ लाख रुपैयाँ रहेको थियो ।

यता, लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सको ब्यवसाय भने गत आर्थिक वर्षको तुलनामा बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको ११ महिनामा ३० करोड ४५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।











