बजार घटेपनि बिहिबार यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

११ असार २०८३, बिहीबार १५:१७

काठमाडौँ । शेयर बजार आज पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.५० अकंले घटेर २६५१.५२ बिन्दुमा कायम भएको हो ।

कारोबार रकममा समेत भारी गिरावट आएको छ । आज ३३८ कम्पनीको ६४ लाख ६१ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८२ करोड ४० लाख रुपैयाँको कारोबार भएको हो ।

यसैबीच २ कम्पनीको शेयरमा भने सकारात्मक सर्किट लागेको छ । आज टक्सार पिखुवा खोला र हाइड्रोपावरको शेयरमा सर्किट लागेको हो ।

साथै, कालिका लघुवित्तको १२.८४ प्रतिशत, सप्तकोशी डेभलपमेन्टको ५.१६ प्रतिशत र कालिन्चोक हाइड्रोपावरको ३.३४ प्रतिशतले शेयर मूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*