पाँच बीमा कम्पनीहरुलाई तत्काल बिशेष साधारणसभा गर्न प्राधिकरणको निर्देशन

११ असार २०८३, बिहीबार १६:२१

काठमाडौं । बीमा र धितोपत्र कसुरको कारण निलम्बनमा परेका पाँच लघुबीमा कम्पनीहरुले विशेष साधारणसभा बोलाउनु पर्ने भएको छ। नेपाल बीमा प्राधिकरणले पाँच बीमा कम्पनीहरुलाई तत्काल बिशेष साधारणसभा गर्न प्राधिकरणको निर्देशन दिएको हो ।

पाँच लघुबीमा कम्पनीहरुका सिईओसहित संचालकहरु निलम्बनमा परेका छन् । दुई साता बढी समय बितिसक्दा पनि कम्पनीमा सिईओ त परको कुरा कामु सिईओसम्म  नियुक्त गर्ने काँटछाट नदेखाएका कम्पनीहरुमा कर्मचारीहरुको पनि चर्को दबाब रहेको छ। कम्पनीका कर्मचारीहरुले प्राधिकरणमा समेत उजुरी दिन थालेपछि प्राधिकरणले कम्पनीमाथि निगरानी राख्दै यस्तो निर्देशन दिएको हो ।

प्राधिकरणले पाँच लघुबीमा कम्पनीहरुलाई कम्पनीको कारवाही नरोक्न व्यवस्थित रुपमा अघि बढाउन तत्काल बिशेष साधारणसभा गर्न निर्देशन दिएको हो ।

विभिन्न कसुरमा अध्यक्ष, सञ्चालक तथा सीईओ निलम्बन छन् । जसको प्रत्यक्ष प्रभाव कम्पनीमा देखिएको भन्दै प्राधिकरणले यस्तो निर्देशन पाँच कम्पनीहरुलाई दिएको हो ।

प्राधिकरणले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स, क्रेस्ट माइक्रो इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्सका अधिकारीहरूलाई कम्पनी ऐनको दफा ८२ मा भएको व्यवस्था अनुसार विशेष साधारणसभा गर्न आग्रह गरको हो । साथै प्राधिकरणको सुशासन निर्देशिकाको निर्देशन ३३ को उपनिर्देशन ३ को कार्यान्वयनका लागि निर्देशन दिएको छ ।

कम्पनीको चुक्ता पुँजीको कम्तीमा १० प्रतिशत सेयर लिने शेयरधनीहरु वा शेयरधनीहरुको कम्तीमा २५ प्रतिशत शेयरधनीहरुले कारण खुलाई ३० दिनभित्र बस्ने गरी कम्पनीको विशेष साधारण सभा बस्ने व्यवस्था अन्तर्गत उक्त निर्देशन दिएको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*