एनआईसी एशिया लघुवित्तको सीईओमा लक्ष्मी प्रसाद शर्मा नियुक्त
११ असार २०८३, बिहीबार १८:४१

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लक्ष्मी प्रसाद शर्मा नियुक्त भएका छन् । कम्पनीको असार ११ गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।
शर्मालाई असार ११ गतेदेखि लागू हुने गरी चार वर्षका लागि सीईओको जिम्मेवारी प्रदान गरिएको कम्पनीले जनाएको छ ।











