एकैपटक ७ संस्थापकले बेच्दै नेरुडे मिर्मिरे लघुवित्तको १ लाख ७२ हजार कित्ता शेयर

१२ असार २०८३, शुक्रबार १०:२३

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाका सात जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको कुल १ लाख ७२ हजार ६३४ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन्।

संस्थाले सार्वजनिक गरेको सूचनाअनुसार बिनोदकुमार अग्रवालले ४४ हजार ६२३ कित्ता, कोपिला राईले १ लाख कित्ता, बासु खड्काले ५ हजार ३६० कित्ता, कुमार भट्टराईले ४४७ कित्ता, कुमारी शान्ता आचार्यले ९ हजार ३४८ कित्ता, भुवनसिंह तामाङले ८ हजार कित्ता तथा लक्ष्मी भण्डारीले ४ हजार ८५६ कित्ता संस्थापक सेयर बिक्रीका लागि राखेका हुन्।

उक्त शेयर खरिदका लागि हालका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै आवेदन दिन सक्ने संस्थाले जनाएको छ। इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट कुनै आवेदन प्राप्त नभए प्रचलित कानुनी व्यवस्था बमोजिम उक्त संस्थापक शेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने नेरुडे मिर्मिरे लघुवित्तले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*