बीमा प्राधिकरणको निर्देशनपछि पनि कामु सिईओ राख्न अटेर गर्दै कम्पनीहरु

काठमाडौं । बीमा प्राधिकरणको निर्देशनपछि पनि नेत्तृवविहिन रहेको बीमा कम्पनीहरुमा कामु सिईओ राख्न नै अटेर गरेको पाइएको छ। बीमा कम्पनीका कर्मचारीहरुले नै व्यवस्थापकिय काम थप्प भएपछि प्राधिकरणमा उजुरी दिएपछि प्राधिकरणले पुनर्बीमा, बीमा र लघुबीमा कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो ।
प्राधिकरण आफै संवेदनशील हुनुपर्ने बिषयमा कम्पनीका कर्मचारीहरुको दबाबमा नै नियामकिय निर्देशन आउनु दुखद रहेको बीमकको कर्मचारीहरुको धारणा रहेको छ । पटक पटक समस्या भएको जानकारी दिएको लामो समयपछि मात्रै प्राधिकरणले कम्पनीहरुलाई नेत्तृवविहिन नराख्न निर्देशन दिएको बिषयमा कर्मचारीहरुले दुखेसो व्यक्त गरेका छन् ।
बीमा प्राधिकरण नियामक निकाय भएको तबरबाट आफैले कम्पनीको हालको अवस्थाको कारण कस्तो असर गर्न सक्छ भन्ने बिषयमा केन्द्रित रहेर नेत्तृव खाली नराख्न निर्देशन दिनुको सट्टामा कर्मचारी र अभिकर्ताहरुको फोर्समा निर्देशन दिनुलाई आपत्ति समेत जनाएका छन् ।
प्राधिकरणले कम्पनीको उच्च व्यवस्थापकको समर्थन गर्दा यति बेला एक बीमा कम्पनी बाहेक कुनैमा कामु नियुक्त भएको छैन । प्राधिकरणको निर्देशन अनुसार हिजो नेपाल माइक्रो इन्स्योरेन्ले भने कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा अनिल गिरीलाई नियुक्त गरिसकेको छ।











