यो साता नेप्सेमा १ करोड १८ लाख कित्ता शेयर सूचीकृत
१३ असार २०८३, शनिबार ०७:३०

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यो साता १ करोड १८ लाख ७५ हजार ५७९.६०३५ कित्ता शेयर सूचीकृत भएको छ।
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५ प्रतिशत बोनस शेयर बापत २५ लाख ५७९.६०३५ कित्ता र स्नो रिभर्स लिमिटेडको ९३ लाख ७५ हजार कित्ता साधारण शेयर सूचीकृत भएको हो।











