बीमा प्राधिकरणद्वारा नीति तथा कार्यक्रम सार्वजनिक, डिजिटल बीमा र उपभोक्ता हितमा जोड

१४ असार २०८३, आईतवार ११:०९

काठमाडौं । नेपाल बिमा प्राधिकरणले चालू आर्थिक वर्ष (आव) को कार्यसम्पादनको समीक्षा गर्दै आगामी आवका लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। काठमाडौंको बूढानीलकण्ठस्थित लेमन ट्री प्रिमियरमा जेठ १२ र १३ गते साँझ साढे ५ गतेको कार्यक्रममा नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो।

प्राधिकरणले बीमा बजारलाई थप व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने उद्देश्यसहित आयोजना गरेको कार्यक्रममा गत आर्थिक वर्षमा भएका उपलब्धि, कार्यान्वयनका क्रममा देखिएका चुनौती तथा सुधारका आवश्यक क्षेत्रहरूको विस्तृत समीक्षा गरिएको थियो।

आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा डिजिटल प्रविधिमार्फत बीमा सेवाको विस्तार, ग्रामीण तथा दुर्गम क्षेत्रमा बीमाको पहुँच अभिवृद्धि, उपभोक्ताको हित संरक्षण, नियामकीय क्षमता सुदृढीकरण तथा बीमा क्षेत्रको प्रभावकारी विकासलाई प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ।

कार्यक्रममा बीमा क्षेत्रसँग सम्बन्धित सरोकारवाला निकायबीच सहकार्य र समन्वयलाई थप सुदृढ बनाउँदै नेपालको आर्थिक विकास र समृद्धिमा बीमा क्षेत्रको योगदान बढाउने विषयमा साझा प्रतिबद्धता व्यक्त गरिएको थियो। प्राधिकरणले नयाँ नीति तथा कार्यक्रमले बीमा क्षेत्रलाई अझ आधुनिक, प्रतिस्पर्धी, उत्तरदायी र जनमुखी बनाउँदै समग्र बीमा उद्योगको दिगो विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*