पेट्रोलियम पदार्थको मूल्य घट्नेवाला छः अर्थमन्त्री वाग्ले

१४ असार २०८३, आईतवार १४:३३

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य अबको केही समयपछि घट्ने बताएका छन्। आजको प्रतिनिधि सभामा बोल्दै मूल्य समायोजन भएर आएपछि नेपालमा पेट्रोलियम पदार्थको मूल्य घट्ने बताएका हुन्।

“मध्यपूर्वमा देखिएको समस्याका कारण इन्धनमा भएको मूल्यवृद्धिबाट आम उपभोक्तामा परेको भारलाई घटाउन म आफैं अर्थमन्त्री भएको दुईहप्ता भित्रै यही दफा १८ लाई टेकेर डिजेल, पेट्रोल, मट्टितेलको पैठारीमा लाग्ने भन्सार महसुल र डिजेल तथा पेट्रोलमा लाग्ने पूर्वाधार विकास करको ५० प्रतिशत छुट हामीले दियौं।” उनले भने।

“केही समय लाग्छ। इन्धन अब भारतीय आयल निगम मार्फत हामीले आयात गर्ने गरेका छौं। मूल्य एडजस्ट भएर आउनको लागि केही समय लाग्ला। मूल्य अब घट्नेवाला छ।” उनले अगाडि थपे।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*