बीमा प्राधिकरण मधेश प्रदेशले भोलि अभिकर्ता परीक्षा सञ्चालन गर्दै

१४ असार २०८३, आईतवार १७:३७

काठमाडौं । नेपाल बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयले भोलि असार १५ गते सोमबार दिउँसो जीवन बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्दैछ।

बीमा ऐन, २०७९ को दफा ९२ (२) मा उल्लेख गरिएको ‘बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नु अघि तोकिए बमोजिम परीक्षा उत्तीर्ण गरेको हुनु पर्ने’ व्यवस्था बमोजिम जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा सञ्चालन गर्न लागिएको हो।

परीक्षा भोलि सोमबार दिउँसो २ः०० बजेदेखि ३ः३० बजेसम्म अनलाइन माध्यमबाट सञ्चालन हुनेछ। उक्त परीक्षामा नेपालभरबाट अभिकर्ता बन्न चाहनेहरूले सहभागिता जनाउन सक्ने बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*