आज राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा हावाहुरी सहित भारी वर्षाको सम्भावना

१५ असार २०८३, सोमबार १३:०६

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज असार १५ गते राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

आज राति कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई तथा मधेश प्रदेशको थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ। कोशी बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको हिमालू भूभागको केही स्थानमा तथा कर्णाली, सुदूरपश्चिम प्रदेशको हिमाली भूभागको थोरै स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ।

त्यसैगरी राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका धेरै स्थान, मधेश प्रदेश तथा बाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन सहित मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*