आज यी कम्पनीको शेयर सर्वाधिक कारोबार
१५ असार २०८३, सोमबार १५:०५

काठमाडौं । साता कारोबारको पहिलो दिन सोमबार नेप्से १६ अंकले घट्दा २ अर्ब ६७ करोड १८ लाख ३२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज ३५१ सूचीकृत कम्पनीहरूको ७६ लाख ९९ हजार २२७ कित्ता शेयर किनबेच भएको छ। आज ग्लोबल आइएमई बैंक, सोपान फर्मास्युटिकल्स, एनआरएन र रिलायन्स स्पिनिङ्ग मिल्सको शेयर सर्वाधिक कारोबार भएको छ।
त्यसपछि आँखुखोला जलविद्युत कम्पनी, सिटि होटल, अपि पावर कम्पनी, साहस ऊर्जा लिमिटेड, सेन्ट्रल फाइनान्स कम्पनी र एसवाई प्यानल नेपाल लिमिटेडको शेयर सर्वाधिक किनबेच भएको छ।












