चार कम्पनीको शेयरमा सर्किट, बजार घट्दा यी कम्पनीका लगानीकर्ता मालामाल!

१५ असार २०८३, सोमबार १५:१६

काठमाडौं । आज शेयर बजारमा १६.५४ अंकको पहिरो गएको छ। जसकारण २४० कम्पनीको शेयरमूल्यमा गिरावट आउँदा २९ वटा कम्पनीको मात्रै शेयरमूूल्य वृद्धि भएको छ।

आज टक्सार पिखुवा खोला, याम्बालिङ्ग हाइड्रोपावर, स्नो रिभर्स र धौलागिरी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ।

त्यसपछि ९% नेपाल एसबिआई बैंक ऋणपत्र २०८९ को ७.७६ प्रतिशत, १२% गुडविल फाइनान्स लिमिटेड डिबेन्चर २०८३ को २.७१ प्रतिशत, लक्ष्मी सनराइज बैंकको २.६४ प्रतिशत, नेपाल रिपब्लिक मिडियाको २.४९ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–२ को २.४४ प्रतिशत र सिटिजन्स म्युचुअल फण्ड २ को २.४३ प्रतिशतले शेयरभाउ बढेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*