कीर्तिपुर होल्डिङ सेन्टरका एक सुकुमबासी पक्राउ, बोलेकै आधारमा सरकारको दमन

१५ असार २०८३, सोमबार १६:१७

काठमाडौँ । सुशासनको नारा दिँदै बनेको सरकारले सुकुमबासी व्यवस्थापनको स्पष्ट विकल्प नदिई दमनको बाटो रोजेको भन्दै आलोचना भइरहेका बेला कीर्तिपुर होल्डिङ सेन्टरमा बस्दै आएका एक सुकुमबासीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भोजपुरको अरुण गाउँपालिकाका ३९ वर्षीय डम्बर तामाङ रहेका छन्। उनलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार तामाङले सामाजिक सञ्जालमा सरकारप्रति आक्रोश व्यक्त गर्दै ‘समस्या समाधान नभए खुकुरी हान्छु’ भन्ने अभिव्यक्ति दिएको र खुकुरी समेत प्रदर्शन गरेको आरोप छ। घटनाबारे प्रहरी वृत्त सिंहदरबारले अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

तर, यो घटनापछि सरकारको भूमिकामाथि प्रश्न उठ्न थालेको छ। व्यवस्थापनको ठोस योजना सार्वजनिक नगरी सुकुमबासी बसोबास गरिरहेका स्थान खाली गराउने, त्यसपछि उनीहरूलाई अस्थायी रूपमा होल्डिङ सेन्टरमा राख्ने र त्यहाँबाट समेत छिट्टै हट्न दबाब दिने अवस्थाबीच आक्रोशित अभिव्यक्ति दिएका व्यक्तिलाई पक्राउ गरेको हो ।

सुकुमबासी अधिकारका पक्षमा बोल्ने विभिन्न व्यक्तिहरूले आवासको सुनिश्चितता नगरी दमनात्मक शैली अपनाउनु समस्याको समाधान नभएको टिप्पणी गरेका छन्।  राज्यले नागरिकको आक्रोशको कारण सम्बोधन गर्नुको सट्टा अभिव्यक्तिलाई नै आपराधिक मुद्दाको आधार बनाउनु लोकतान्त्रिक अभ्याससँग मेल खादैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*