भन्सार छली गरी ल्याइँदै गरेका २० लाख रुपैयाँ बराबरका ३५ थान आइफोन बरामद
१६ असार २०८३, मंगलवार १०:१७

काठमाडौं । रुपन्देही प्रहरीले भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याइँदै गरेका करिब २० लाख ५० हजार रुपैयाँ बराबरका एप्पल कम्पनीका ३५ थान आइफोन बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय मझगावाँबाट खटिएको प्रहरी टोलीले सोमबार कोटहीमाई गाउँपालिका–५ बेनिनगर क्षेत्रमा नेपालतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट (युपी ५६ डिएक्स ८८३८) को मोटरसाइकल चेकजाँच गर्ने क्रममा विभिन्न मोडलका आइफोन फेला पारेको हो।
प्रहरीले बरामद गरेका ३५ थान आइफोनको अनुमानित मूल्य करिब २० लाख ५० हजार रुपैयाँ रहेको जनाएको छ।
बरामद गरिएका आइफोन तथा मोटरसाइकललाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।











