सवारी बीमाले तान्यो निर्जीवन बीमा बजार: १५ लाख बढी मोटर बीमालेख बिक्री, अन्य कुन क्षेत्रको कति?

१६ असार २०८३, मंगलवार ११:५५

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूको व्यवसायको सबैभन्दा धेरै हिस्सा मोटर बीमाले ओगटेको छ । निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय आधादर्जन बढी क्षेत्रमा रहे पनि मोटर बीमाको हिस्सा सबैभन्दा बढी अर्थात् ३०.२५ प्रतिशत हिस्सा ओगटेको छ । सवारी साधनको बढ्दो प्रयोग तथा अनिर्वाय बीमा गर्नुपर्ने सरकारको नीतिले कम्पनीहरूले बीमा व्यवसायलाई मोटर क्षेत्र केन्द्रीत बनाएका हुन् ।

चालु आर्थिक वर्षको २०८२।०८३ को जेठ मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ४५ अर्ब ५८ करोड ३४ लाख रुपैयाँ रहेको छ । कम्पनीहरुले विभिन्न प्रदेशमा गरी कुल ३१ लाख ६ हजार ६२२ वटा बीमालेख बिक्री गरी उक्त बीमा शूल्क आर्जन गर्न सफल भएका हुन् ।

चालु आर्थिक वर्षको ११ महिनासम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले मोटर बीमालेखबाट सबैभन्दा बढी बीमा शुल्क आम्दानी गरेका छन् । कम्पनीहरुले समग्र रुपमा कुल १५ लाख १२ हजार ५६६ वटा मोटर बीमालेख बिक्री गरी कुल १३ अर्ब ७८ करोड ६८ लाख रुपैयाँ बीमा शुल्क आम्दानी गर्न सफल भएका छन् ।

साथै, सम्पत्ति बीमालेख दोस्रो स्थानमा रहेको छ । कम्पनीहरुले ४ लाख १७ हजार ६८० वटा सम्पत्ति बीमालेख बिक्री गरेका छन् । उक्त बीमालेख बिक्री गरी १० अर्ब ७७ करोड १४ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् ।

तथ्यांकअनुसार इन्जिनियर तथा ठेक्का जोखा बीमालेखबाट निर्जीवन बीमा कम्पनीहरुले ८ अर्ब ६३ करोड १७ लाख रुपैयाँ बराबरको आम्दानी गरेका छन् । यस अवधिमा कम्पनीहरुले ३१ हजार ४७४ वटा बीमा पोलिसी बिक्री गरी उक्त रकम बराबरको आम्दानी गर्न सफल भएका छन् ।

कम्पनीहरुले विविधबाट ४ अर्ब ५५ करोड ८१ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेको छ । निर्जीवन बीमा कम्पनीहरुले यस अन्तर्गत १ लाख ५६हजार २५७ वटा बीमालेख बिक्री गरेको छ । बैशाख महिनासम्ममा सामून्द्रिक बीमालेखबाट ३ लाख ७६ हजार २८९ वटा बीमालेख बिक्री गरी २ अर्ब ८० करोड ४० लाख रुपैयाँ बीमाशुल्क आम्दानी गरेको छ ।

यता, ११ महिनाको अवधिमा हवाई बीमालेख मार्फत २२२ वटा बीमालेख बिक्री गरी कुल २ अर्ब २८ करोड ४८ लाख रुपैयाँ बीमाशुल्क आर्जन भएको छ ।

कृषि तथा बाली बीमालेख मार्फत १ लाख ४६ हजार ८०४ वटा बीमालेख बिक्री गरी कुल १ अर्ब ५३ करोड ७३ लाख रुपैयाँको बीमाशुल्क आर्जन गरेको छ ।

कम्पनीहरुले सबैभन्दा कम लघुबीमा मार्फत बीमाशुल्क आर्जन गरेको छ । निर्जीवन बीमा कम्पनीहरुले लघू बीमालेख मार्फत १ अर्ब २० करोड ८९ लाख रुपैयाँ आम्दानी गरेको छ ।

हेर्नुहोस् कुन प्रदेशबाट कति भयो संकलन ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*