आज यी कम्पनीको शेयर सर्वाधिक कारोबार

१६ असार २०८३, मंगलवार १५:०५

काठमाडौं । साता कारोबारको दोस्रो दिन मंगलबार नेप्से २४.६३ अंकले घटेर २६०८ को विन्दुमा कायम भएको छ। आज ८७ लाख ३७ हजार ३९२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २५ करोड ८७ लाख ८० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन सिद्धार्थ बैंक लिमिटेड, टक्सार पिखुवा खोला हाइड्रोपावर, आँखुखोला जलविद्युत कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र याम्बालिङ्ग हाइड्रोपावरको शेयर सर्वाधिक कारोबार भएको छ।

त्यसपछि सोपान फर्मास्युटिकल्स लिमिटेड, रिलायन्स स्पिनिङ्ग मिल्स, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रोमोटर शेयर, साहस ऊर्जा लिमिटेड र अपी पावर कम्पनी लिमिटेडको शेयर सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*