आज पनि थुनामुक्त भएनन् विष्णु पौडेल, सर्वोच्चमा सुनुवाइ स्थगित

१६ असार २०८३, मंगलवार १६:१४

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेल आज पनि थुनामुक्त नहुने भएका छन्।

उनको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले थप कागजात झिकाउने आदेश दिएको छ। न्यायाधीश टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको संयुक्त इजलासले दीपक भट्टसँग सम्बन्धित मुद्दाको फाइल झिकाउन आदेश दिएको हो।

अदालतले आवश्यक कागजात अध्ययनपछि थप बहस पर्सिका लागि तोकेको छ। यससँगै पौडेलको रिहाइ सम्बन्धी निर्णय तत्काल नभई थप सुनुवाइपछि मात्र हुने भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*