युनाइटेड अजोडको लिलामी शेयर बाँडफाँड, अन्तिम मूल्य कति?

१७ असार २०८३, बुधबार १०:१९

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले जेठ २९ गतेदेखि असार ८ गतेसम्म लिलाम बिक्रीमा राखेको सर्वसाधारण समूहतर्फको ६ हजार ६३३ कित्ता अवितरित हकप्रद शेयर बाँडफाँड गरेको छ।

बिक्री अवधिभर परेका शिलबन्दी बोलपत्रहरू असार ११ गते खोली आवश्यक रुजु गरी प्रचलित कानून तथा धितोपत्र सम्बन्धी नियम, निर्देशिकाको अधीनमा रही असार १६ गते मंगलबारका दिन बाँडफाँड गरिएको हो।

बाँडफाँडको अन्तिम मूल्य (कट–अफ प्राइस) ४४७.५० रुपैयाँ कायम भएको र उक्त मूल्यमा बोलपत्र पेश गर्नेहरूको हकमा सापेक्षिक भारअनुसार समानुपातिक रूपमा बाँडफाँड गरिएको बिक्री प्रबन्धक एलएस क्यापिटलले जनाएको छ। बाँडफाँडमा नपरेकाहरूको रकम फिर्ता भोलि असार १८ गतेदेखि गरिने छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*