जन्मदिनको अवसरमा एजेन्सी म्यानेजर गौरीशंकर पाण्डेद्वारा श्रीमतीलाई ५० लाखको जीवन बीमा उपहार

१७ असार २०८३, बुधबार १०:३६

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स ताहाचल शाखाका एजेन्सी म्यानेजर गौरीशंकर पाण्डेले आफ्नो श्रीमती सरिता श्रेष्ठको जन्मदिनको विशेष अवसरमा ५० लाख रुपैयाँ बराबरको जीवन बीमा उपहार प्रदान गरेका छन् ।

जन्मदिनको अवसरलाई अझ विशेष बनाउँदै प्रदान गरिएको उक्त जीवन बीमा उपहारले परिवारप्रतिको माया, जिम्मेवारी र भविष्य सुरक्षाको भावना प्रस्तुत गरेको छ। महँगा भौतिक उपहारभन्दा परिवारको दीर्घकालीन सुरक्षा महत्वपूर्ण हुन्छ भन्ने सन्देश यस कार्यले दिएको छ।

यस अवसरमा इन्स्योरेन्स ताहाचल शाखाका शाखा प्रमुख गिरिराज पोख्रेलले भने, ‘जीवन बीमा भनेको भविष्यको सुरक्षा र परिवारप्रतिको जिम्मेवारीको महत्वपूर्ण आधार हो। जन्मदिन जस्तो विशेष अवसरमा जीवन बीमा उपहार दिनु भनेको केवल उपहार दिनु मात्र नभई आफ्ना प्रियजनको सुरक्षित भविष्य सुनिश्चित गर्नु हो। गौरीशंकर पाण्डेज्यूले प्रस्तुत गर्नुभएको यो सोचले जीवन बीमाको महत्वलाई अझ प्रस्ट पारेको छ।’

इन्स्योरेन्स ताहाचल शाखाले ग्राहकहरूको आवश्यकता अनुसार जीवन बीमामार्फत आर्थिक सुरक्षा, आत्मविश्वास र समृद्ध भविष्य निर्माणका लागि निरन्तर सेवा प्रदान गर्दै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*