पाकिस्तानी राजदूतले राष्ट्रपति पौडेलसँग गरे बिदाई भेट
१७ असार २०८३, बुधबार १७:१६

काठमाडौं । नेपालका लागि पाकिस्तानका राजदूत अबरार हाशिमीले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाई भेट गरेका छन्।
आज बुधबार दिउँसो राष्ट्रपति कार्यालयमा भेटवार्ता भएको हो। आफ्नो कार्यकाल सकेर पाकिस्तान फर्कंदै गरेका राजदूत हाशिमीलाई राष्ट्रपति पौडेलले कार्यकाल सफल पारेकामा बधाई दिएका छन्।
राष्ट्रपति पौडेलले आगामी दिनमा नेपाल र पाकिस्तानबीचको सम्बन्ध अझै सुमधुर र सुदृढ हुनेमा विश्वास व्यक्त गरेका छन्।












