नयाँ बसपार्कमा यात्रुलाई हैरानी दिने २३ बिचौलिया पक्राउ

१७ असार २०८३, बुधबार १७:२२

काठमाडौं । काठमाडौं महानगरपालिका–२६ स्थित नयाँ बसपार्क क्षेत्रमा सार्वजनिक सवारीका यात्रुलाई तान्ने, झोला खोस्ने तथा अनावश्यक दुःख–हैरानी दिने गतिविधिमा संलग्न २३ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ।

यात्रुहरूबाट लगातार जनगुनासो आएपछि प्रहरीले उक्त क्षेत्रमा विशेष अनुगमन गरेको थियो। अनुगमनका क्रममा यात्रुलाई जबर्जस्ती सवारीमा चढाउन खोज्ने, झोला खोस्ने, हैरानी दिने तथा अव्यवस्थित गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार पक्राउ गर्ने क्रममा उनीहरूले प्रहरीमाथि समेत अभद्र व्यवहार गरेका थिए। असार १७ गते उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*