मुख्यमन्त्रीलाई नै ट्राफिक प्रहरीले काट्यो चीट

१८ असार २०८३, बिहीबार १२:१०

काठमाडौँ । हेल्मेट नलगाई मोटरसाइकल चलाएको घटनामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन्। सामाजिक सञ्जालमा हेल्मेटबिना बुलेट मोटरसाइकल चलाएको भिडियो सार्वजनिक भएपछि आलोचना बढेपछि ट्राफिक प्रहरीले मुख्यमन्त्री निवासमै पुगेर कारबाही प्रक्रिया अघि बढाएको हो।

ट्राफिक प्रहरीले मुख्यमन्त्री शाहलाई हेल्मेट नलगाई सवारी चलाएको कसुरमा ५०० रुपैयाँ जरिवाना गरेको छ। उनलाई थमाइएको ट्राफिक चिटमा पनि हेल्मेट प्रयोग नगरी मोटरसाइकल चलाएको उल्लङ्घन उल्लेख गरिएको छ।

पत्रकारहरूसँग प्रतिक्रिया दिँदै मुख्यमन्त्री शाहले आफूबाट ट्राफिक नियम उल्लङ्घन भएको स्वीकार गरेका छन्। उनले कानुनअनुसार आफूलाई कारबाही गर्न ट्राफिक प्रहरीलाई आफैंले आग्रह गरेको बताउँदै कानुन सबै नागरिकका लागि समान रूपमा लागू हुनुपर्ने धारणा व्यक्त गरे।

उनले कुनै पनि व्यक्तिको पद, शक्ति वा हैसियतका आधारमा कानुन कार्यान्वयनमा फरक व्यवहार हुन नहुने उल्लेख गर्दै सबै नागरिकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरे। साथै उनले निष्पक्ष रूपमा कानुन कार्यान्वयन गरेको भन्दै ट्राफिक प्रहरीप्रति धन्यवादसमेत व्यक्त गरे।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*