जन्मदिनमा श्रीमानलाई रिलायबल नेपाल लाइफको १० लाख रुपैयाँको बीमा पोलिसी उपहार

काठमाडौं । जन्मदिनलाई स्मरणीय बनाउने उद्देश्यले हेटौंडा उपमहानगरपालिका–५ निवासी सुमित्रा गौतमले आफ्ना श्रीमान् सुरेश रेग्मीलाई १० लाख रुपैयाँ बराबरको जीवन बीमा पोलिसी उपहार प्रदान गरेकी छन्।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडमार्फत खरिद गरिएको उक्त जीवन बीमा पोलिसी जन्मदिनको विशेष अवसरमा उपहारस्वरूप प्रदान गरिएको हो। आर्थिक सुरक्षा र परिवारको भविष्य सुनिश्चित गर्ने उद्देश्यले जीवन बीमा पोलिसी उपहार दिने संस्कार विस्तार हुँदै गएको सन्दर्भमा यो कार्यलाई सकारात्मक कदमका रूपमा हेरिएको छ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको हात्तीसुँडे शाखाका शाखा प्रमुख नवीन खड्काले बीमितकै निवासमा पुगेर एक कार्यक्रमका बीच जीवन बीमा पोलिसी हस्तान्तरण गरेका थिए।
कार्यक्रममा जीवन बीमा केवल जोखिम व्यवस्थापनको माध्यम मात्र नभई दीर्घकालीन आर्थिक योजना, बचत तथा परिवारको भविष्य सुरक्षित गर्ने प्रभावकारी उपाय भएको जानकारी गराइएको थियो। साथै जन्मदिन, विवाह, वार्षिकोत्सव लगायतका विशेष अवसरमा जीवन बीमा पोलिसी उपहार दिने संस्कृतिले आर्थिक सचेतना बढाउनुका साथै प्रियजनप्रतिको जिम्मेवारी र मायालाई पनि झल्काउने शाखा प्रमुख खड्काले बताएका छन्।











