रिलायबल नेपाल लाइफको ३ करोड ७१ लाख कित्ता शेयरको लक–इन अवधि साउन ३० मा सकिँदै
२६ असार २०८३, शुक्रबार १०:१६

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको संस्थापक शेयरधनी तथा कर्मचारीको स्वामित्वमा रहेको ३ करोड ७१ लाख ५७ हजार १२० कित्ता सेयरको लक–इन अवधि साउन ३० गते समाप्त हुने भएको छ।
नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार कम्पनीमा दर्ता रहेको कुल ५ करोड १९ लाख ६८ हजार कित्ता सेयरमध्ये संस्थापक सेयरधनी तथा कर्मचारीको नाममा रहेको उक्त सेयरको लक–इन अवधि सकिन लागेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार लक–इन अवधिमा रहेको संस्थापक सेयरधनीको सेयर संख्या ३ करोड ६३ लाख ७७ हजार ६०० कित्ता रहेको छ। त्यस्तै, कर्मचारीलाई बाँडफाँट गरिएको ७ लाख ७९ हजार ५२० कित्ता सेयरको लक–इन अवधि पनि सोही मितिमा समाप्त हुनेछ।











