रुरु जलविद्युत परियोजनाले म्याग्दी हाइड्रोपावरमा ८ करोड रुपैयाँ लगानी गर्ने
२६ असार २०८३, शुक्रबार १०:४६

काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडले म्याग्दी हाइड्रोपावर लिमिटेडमा आठ करोड रुपैयाँ लगानी गर्न निर्णय गरेको छ।
कम्पनीको साउन २५ गते बेलुकी साढे ५ बजे बसेको सञ्चालक समितिको बैठकले अन्य जलविद्युत कम्पनीहरूमा लगानी गर्ने निर्णय गरेको हो। बैठकले प्रतिकित्ता १०० रुपैयाँका दरले म्याग्दी हाइड्रोपावरको ८ लाख कित्ता शेयर खरीद गर्ने निर्णय गरेको हो।
यसर्थमा रुरु जलविद्युत परियोजनाले म्याग्दी हाइड्रोपावरमा आठ करोड रुपैयाँ लगानी गर्ने भएको हो।











