लगानीकर्ता डिबेन्चरतर्फ झुम्मिदै, आज यी ऋणपत्र सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको अन्तिम दिन शुक्रबार नेप्से १.१३ अंकले घटेर बन्द भएको छ। यस दिन १ करोड ६ लाख ६० हजार ५३७ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ८६ करोड ७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
बजार निरन्तर रूपमा ओरालो लागेसँगै पछिल्लो समय लगानीकर्ताहरू डिबेन्चर (ऋणपत्र) तर्फ आकर्षित बन्दै गएको देखिएको छ। आज सर्वाधिक कारोबार हुने १० कम्पनीमध्ये ९ डिबेन्चर कम्पनी रहेका छन्।
आज ८.५% नेपाल बैंक डिबेन्चर २०८७, ८.५% आरबिबिएल डिबेन्चर २०८३, ८.५% सानिमा डिबेन्चर २०८७, १०.७५% एसबिएल डिबेन्चर २०८९ र १०.३०% स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड डिबेन्चर सर्वाधिक किनबेच भएको छ।
त्यसपछि ११% केबिएल डिबेन्चर २०८९, एनएमबि डिबेन्चर १०.७५%–२०८९/९०, बीओके डिबेन्चर २०८६ “क”, ग्लोबल आईएमई बैंक डिबेन्चर २०८४/८५ र रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको शेयर सर्वाधिक कारोबार भएको छ।












