सूर्याेदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

२८ असार २०८३, आईतवार १०:१५

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनी किशोरी थापाको नाममा रहेको ५६ हजार ४३५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम हाल उक्त शेयर कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखिएको हो। अतः सो शेयर किन्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र कम्पनीको कर्पाेरेट कार्यालय वा नक्सालस्थित कुमारी क्यापिटल लिमिटेडको कार्यालयमा आफूले किन्न चाहेको शेयर संख्या खुलाई निवेदन दिनु पर्नेछ।

तोकिएको म्यादभित्र कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूबाट निवेदन प्राप्त नभएमा संस्थापक शेयरधनी बाहेकका अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्री गर्नका लागि प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*