आधा दर्जन मन्त्रीले गरे खरिपाटीस्थित होल्डिङ सेन्टरको अवलोकन

२८ असार २०८३, आईतवार १८:१०

काठमाडौं । कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढी पसेपछि त्यहाँका सुकुम्बासीहरूलाई भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा सारिएको छ भने आज आधा दर्जन मन्त्रीहरूले अवलोकन गरेका छन्।

गृहमन्त्री सुदन गुरुङ, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादी, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले अवलोकन गरेका हुन्।

भूमि व्यवस्थामन्त्री रावलले आवश्यक प्रक्रिया पूरा गरेर लालपूर्जा दिने र आगामी दिनमा कसैले औंलो उठाउन नसक्ने गरी काम गरिरहेको बताइनु। सुकुम्बासी व्यवस्थापनमा समय लाग्ने पनि उनले उल्लेख गरिन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*