युनाईटेड अजोडको कामु सिईओको जिम्मेवारीमा रेना रिजाल, सिईओ भट्टराईले दिए राजीनामा

१९ श्रावण २०८३, मंगलवार ०८:४६

काठमाडौं । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी सिईओ रेना रिजाललाई दिने निर्णय गरिएको छ ।
कम्पनीको सञ्चालक समितिको हिजो साँझ बसेको आकस्मिक बैठकले सिईओ नारायण कुमार भट्टराईले दिएको राजीनामा स्वीकृत गरी कामु सिईओको जिम्मेवारीमा रिजाललाई तोक्ने निर्णय गरेको हो ।

गत बैशाख १३ गते भट्टराई कम्पनीको सिईओमा नियुक्त भएका थिए । उनले नियुक्त भएको तीन महिना पुरा हुने वित्तिकै राजीनामा दिएका छन् । यसअघि गत माघ ४ गते सिईओ कमल गौतमले सिईओ पदबाट राजीनामा दिएर बाहिरिएका थिए ।

कम्पनीकी डेपुटी सिईओ रिजाल अनुभवी बीमा प्रशासक हुन् । हाल उनलाई कामु सिईओको जिम्मेवारी दिने निर्णय गरिएको छ । कम्पनीको सिईओले राजीनामा दिनुपर्नाको कारणबारे जिज्ञाशा राख्दा अध्यक्ष आजाद श्रेष्ठले कुनै प्रतिक्रिया दिन चाहेनन् ।

स्रोतका अनुसार सिईओ भट्टराई केही समय पहिले कालोसूचिमा परेका थिए । कालो सूचिमा परेको तीन बर्ष नपुगी झुक्याएर सिईओ बनेको खुलेको छ । सो सम्बन्धमा पोल खुलेपछि हिजो आकस्मिक रुपमा सञ्चालक समितिको बैठक बोलाइएको थियो । साथै विदामा रहेकी रिजालाई तत्कालै कामु सिईओको कार्यभार सम्हाल्न बोलाइएको बुझिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*