क्रेस्ट माइक्रो लाइफको निमित्त सीईओमा अभिजित केसी नियुक्त

१९ श्रावण २०८३, मंगलवार ०९:२४

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको साउन १८ गते बसेको सञ्चालक समितिको बैठकले अभिजित केसीलाई निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गर्ने निर्णय गरेको छ ।

नेपाल बीमा प्राधिकरणले असार १ गते कम्पनीलाई पत्र काट्दै प्रमुख कार्यकारी अधिकृतमाथि बीमा सम्बन्धी कसूरमा मुद्दा चलेका कारण निलम्बनमा रहने जनाएको थियो । त्यसयता कम्पनीको सीईओ पद रिक्त अवस्थामा रहेको थियो ।

अन्ततः कम्पनीको साउन १८ गते सञ्चालक समितिको बैठक बसेर कम्पनीमा नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा कार्यरत अभिजित केसीलाई साउन १८ गतेदेखि नै लागू हुने गरी निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*