कोशी प्रदेशका उत्कृष्ट कर्मचारीलाई हिमालयन एभरेष्ट इन्स्योरेन्सको सम्मान
१९ श्रावण २०८३, मंगलवार ११:४५

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट प्रदर्शन गर्ने कोशी प्रदेशका ईपीआई एचिभर्सहरूलाई बधाई तथा सम्मान व्यक्त गरेको छ ।
कम्पनीले उत्कृष्टता हासिल गर्ने कर्मचारी तथा सम्बन्धित व्यक्तिहरूको मेहनत, निरन्तर प्रयास र समर्पणको प्रशंसा गर्दै उनीहरूको उपलब्धिले कम्पनीलाई थप उचाइमा पुर्याउन महत्वपूर्ण योगदान गरेको जनाएको छ ।
कम्पनीले कोशी प्रदेशबाट आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट उपलब्धि हासिल गर्ने सबै कर्मचारीहरूलाई बधाई दिँदै आगामी दिनमा अझै उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्न हौसला पनि दिएको छ ।











